
मंसिर २५, काठमाण्डौँ/ हिजो सरकारसँग भएको सम्झौतामा एक GenZ अगुवाले सम्झौतापत्र च्यातेर फालेका छन् । सरकार र जेन्जी पक्षबीच भएको सम्झौतापत्र च्यात्ने युवा अजय सोडारी आन्दोलनको समयमा नेपालमै नभएको, करिब एक महिनापछि मात्र दक्षिण कोरिया बाट फर्किएको र त्यहाँको NRNA मा आवद्ध रहेको भन्दै धेरैले प्रश्न उठाएका छन्।
संविधान पुनलेखन नगरेको र शासकीय स्वरुप नफेरेको भन्दै जेनजी मुभमेन्ट नेपालका अजय सोडारीले सम्झौतापत्र च्यातेका हुन् ।