२०८२ पौष ४, शुक्रबार

१७ जना ओली पक्ष विजयी

दुई जनाबाहेकक १७ जना ओली पक्ष विजयी

बिहीबार सम्पन्न निर्वाचनमा पदाधिकारीमा दुई जनाबाहेकक १७ जना ओली पक्ष विजयी भएका छन् ।
दुई जनाबाहेकक १७ जना ओली पक्ष विजयी

पुष ३, काठमाडौँ । नेकपा एमाले महाधिवेशनअर्न्तगत बिहीबार सम्पन्न निर्वाचनमा पदाधिकारी दुई जनाबाहेकक १७ जना ओली पक्ष विजयी भएका छन् । अध्यक्षमा प्रतिस्पर्धा गरेका ईश्वर पोखरेल प्यानलबाट दुई जना गोकर्ण विष्ट (उापध्यक्ष) र योगेश भट्टराई (उपमहासचिव) मात्रै विजयी भए ।

सचिवमा सबै ओलीकै प्यानलका उम्मेदवारहरू निर्वाचित भएका छन् ।
अध्यक्षमा केपी शर्मा ओली ,उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त र गोकर्ण विष्ट निर्वाचित भएका छन् । त्यस्तै महासचिव पदमा शंकर पोखरेल र उपमहासचिव पदमा रघुवीर महासेठ, लेखराज भट्ट र योगेश भट्टराई निर्वाचित भएका छन् । त्यस्तै सचिव पदमा छविलाल विश्वकर्मा, भानुभक्त ढकाल ,पद्मा अर्याल ,खगराज अधिकारी, यामलाल कँडेल ,राजन भट्टराई ,शेरधन राई ,हिक्मत कार्की र महेश बस्नेत निर्वाचित भएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस