
मंसिर १८,विराटनगर / कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहले विराटनगर महानगरपालिका–१८ का रवि साहलाई प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट स्रोत नखुलेको रकमसहित प्रहरीले बुधबार पक्राउ गरेको हो।
चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको को२४प ७९८४ नम्बरको मोटरसाइकल चालक साहलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
उनको साथबाट स्रोत नखुलेको ६ लाख ४९ हजार ५ सय नेपाली रुपैयाँ बरामद भएको छ भने उनलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ।