२०८२ कार्तिक ९, शनिबार

गुल्मीमा लागुऔषधसहित एक जना पक्राउ

गुल्मीमा लागुऔषधसहित एक जना पक्राउ

८ कात्तिक, गुल्मी / गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका–२ राक्सेमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । कात्तिक ७ गते राति करिब १० बजे बुटवलबाट बागलुङतर्फ जाँदै गरेको मोटरसाइकल आफैं पल्टिँदा चालकको साथमा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बागलुङ नगरपालिका–२ रुद्रपिपल बस्ने ३२ वर्षीय मनोज प्रधानले चलाएको ध१प ५५८२ नम्बरको १२५ सिसीको होण्डा साइन मोटरसाइकल दुर्घटनामा परेपछि स्थानीयले उद्धार गर्ने क्रममा उनको झोलामा कालो प्लास्टिकमा राखिएको लागुऔषध देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले मनोजको साथबाट ३० एम्पुल डाइजेपाम, ३२ एम्पुल फेनार्गन र ३२ एम्पुल नै बुप्रेनोर्फिन बरामद गरेको छ । बरामद लागुऔषध, मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय रिडीमा ल्याइ मेडिकल परीक्षण गरी आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ( डिएसपी ) गंगाबहादुर सारुले जानकारी दिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस