२०८२ पौष २७, आईतबार

अस्ट्रेलिया

अस्ट्रेलियामा डढेलोमा परेर एक जनाको मृत्यु र ३०० घर,भवन जलेर नष्ट

अस्ट्रेलियामा डढेलोमा परेर एक जनाको मृत्यु हुनुको साथै डढेलोले ३०० घर र अन्य भवन जलेर नष्ट भएका छन् ।
अस्ट्रेलियामा डढेलोमा परेर एक जनाको मृत्यु र ३०० घर,भवन जलेर नष्ट

पुस २७, काठमाडौं / अस्ट्रेलियामा डढेलोमा परेर एक जनाको मृत्यु हुनुको साथै डढेलोले ३०० घर र अन्य भवन जलेर नष्ट भएका छन् । डढेलोले अस्ट्रेलियाका दर्जनौं स्थानलाई प्रभावित बनाएको छ । खासगरी भिक्टोरिया र न्यु साउथ वेल्स राज्यमा डढेलोले बढी क्षति पुर्‍याएको छ । डढेलो निभाउन थुप्रै अग्नि नियन्त्रक र ७० भन्दा बढी एयरक्राफ्ट खटाइएको छ । भिक्टोरिया राज्यमा आपतकाल घोषणा गरिएको छ भने धेरै मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

गर्मी र सुक्खा मौसम अनि त्यसमाथि हावा चल्दा डढेलो झन् तीव्ररूपमा फैलिएको बीबीसीले जनाएको छ । डढेलो फैलिने क्रम अझै केही हप्तासम्म रहन सक्नेमा अधिकारीहरू चिन्तित देखिएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस