१२ असार काठमाडौं / नेकपा एमालेको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्षे कार्यकाललाई सन्तोषजनक भनेको छ। बैठकले सरकार राजनीतिक स्थायित्व, आर्थिक सुधार र जनविश्वास कायम गर्न सफल भएको निष्कर्ष निकालेको छ।
बैठकले दुई पार्टीबीचको सम्बन्ध मजबुत बनाउन र प्रतिगामी हर्कतहरूलाई कमजोर पार्न सरकार सफल भएको उल्लेख गर्दै सुशासन र सेवा प्रवाहमा अझ ध्यान दिनुपर्नेमा जोड दिएको छ।