२०८२ माघ १, बुधबार

लुटपाट

सिन्धुलीमा एसबीआई बैंकबाट ३ करोड बढी लुटपाट

सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायूटारमा रहेको एसबीआई बैंक शाखा कार्यालयमा अज्ञात समूहले मंगलबार राति लुटपाट गरेको छ ।
सिन्धुलीमा एसबीआई बैंकबाट ३ करोड बढी लुटपाट

पुस ३०, सिन्धुली / सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायूटारमा रहेको एसबीआई बैंक शाखा कार्यालयमा अज्ञात समूहले मंगलबार राति लुटपाट गरेको छ ।प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार अन्दाजी ४/५ जना नकावधारी लुटेरा समूहले रुद्रबहादुर कार्की तथा गार्ड कर्मचारीहरुलाई नियन्त्रणमा लिएर बैंक फोडेर नगद लुटेर भागेका हुन् ।

ईलाका प्रहरी कार्यालय बस्तीपुर र स्थानीयहरुसमेतले खोज तलास गर्दा एक बोरा पैसा नजिकैको जंगलमा फेला परेको थियो । बैंक स्रोतका अनुसार लुटेराले तीन करोड ११ लाख लुटेका थिए ।

प्रहरीले लुटेराहरुले रिजर्भमा लिएर आएको सुमो गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । चालकले प्रहरीलाई दिएको बयानमा बनेपाबाट बिहेमा जाने भनि लुटेराले गाडी रिजर्भ गरेर आएका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस