२० जेठ काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठक फेरि पनि सरेको छ । संसद् सचिवालयले दोस्रोपटक सूचना टाँस गर्दै अपराह्न ४ बजेसम्मका लागि बैठक सरेको नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले नेपालखबरलाई जानकारी दिए ।
बिहान ११ बजे सुरु हुने भनिएको बैठक दलहरूबीच सहमति नहुँदा दिउँसो २ बजेसम्मका लागि सरेको थियो । २ बजेसम्म पनि सदनको गतिरोध अन्त्य गर्न विपक्षी दल तयार नभएपछि ४ बजेसम्मका लागि सारिएको हो ।
विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै राजीनामा माग्दै सदन अवरोध जारी राखेका छन् ।