२०८२ अषाढ ६, शुक्रबार

मुगुको पाटन क्षेत्रमा अनुमति बिना यार्सा संकलन गर्नेको भीड

पाटन क्षेत्रमा अवैध यार्सा संकलक गर्नेहरुको भीड लागेको छ ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २९, सोमबार
मुगुको पाटन क्षेत्रमा अनुमति बिना यार्सा संकलन गर्नेको भीड

२९ वैशाख काठमाडौँ / मुगुको मुगमकामारोङ्ख गाँउपालिकाको पाटनमा पाइने बहुमूल्य जडिबुटी संकलनको मौसम सुरु भएपछि पाटन क्षेत्रमा अवैध यार्सा संकलक गर्नेहरुको भीड लागेको छ ।

स्थानीय मुगमकामारोङ्ख गाँउपालिकाको पालिका स्तरीय निर्णय अनुसार हरेक बर्ष जेठ महिनाको १० गते भन्दा अगाडि पाटन प्रवेश गर्न अनुमति दिने व्यवस्था छ । तर अनुमति नलिइ र शुल्क समेत नबुझाइ यार्सा टिप्नेहरुको भीड लागेको हो ।

मुगुमकामाराङ्ख गाँउपालिका वडा नम्बर १ का कार्मा लामाका अनुसार प्रत्येक दिन दुई सय भन्दा बढी स्थानीय र जिल्ला बाहिरबाट यार्सा संकलन गर्नेहरु रातारात जाने गरेको समेत बताएका छन् ।

राता रात गरेर संकलकहरु बन प्रबेश गरेको सुचना आएपछि पालिकामा सरोकारवाला, सुरक्षा निकाय र पालिकाको निर्णय गरेर बन क्षेत्रमा अवैध रुपमा प्रवेश गर्नेहरुलाई कडा जरिवाना र कारवाहीमा ल्याउने तयारी गरिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस