२०८२ कार्तिक १, शुक्रबार

प्रधानमन्त्री सुशीला कार्कीले राजदूतहरूसँग छलफल गर्ने

प्रधानमन्त्री सुशीला कार्कीले नेपाली राजदूतहरूसँग सामूहिक छलफल गर्ने भएकी छिन् ।
प्रधानमन्त्री सुशीला कार्कीले राजदूतहरूसँग छलफल गर्ने

२२ असोज काठमाडौँ / प्रधानमन्त्री सुशीला कार्कीले नेपाली राजदूतहरूसँग सामूहिक छलफल गर्ने भएकी छिन् । आज दिउँसो ४ बजे प्रधानमन्त्री कार्कीले ४४ वटा देशमा रहेका राजदूत तथा नियोग प्रमुखहरूसँग भर्चुअल छलफल गर्ने भएकी हुन् । देशको पछिल्लो अवस्था र अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषयमा प्रधानमन्त्री कार्कीले राजदूतहरूसँग छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयको कार्यभार समेत सम्हालेकी प्रधानमन्त्री कार्कीले राजदूत तथा नियोग प्रमुखहरूसँग छलफल गरेपछि आवश्यक निर्देशन पनि दिइने परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताए ।

यो पनि

ताजा अपडेट

२२ घण्टा अघि

सर्वदलीय बैठक सुरु

यो साताको प्रचलित

खोजी गर्नुहोस