
 
  
   
 
१४ कार्तिक काठमाडौं / खराब मौसम तथा कम भिजिबिलिटीका कारण पोखरा, भरतपुर र तुम्लिङटार विमानस्थल बन्द भएका छन् । भद्रपुर विमानस्थल भने खुल्ने क्रममा विमानस्थल कार्यालयले जनाएको छ ।
हिजो र आजको वर्षाका कारण हवाई यातायात प्रभावित भएको हो । विभिन्न एयरलाइन्स कम्पनीहरुले उडान तालिका संशोधन गरेका छन् ।
हवाई यातायात प्रभावित हुँदा यात्रुहरु मर्कामा परेका छन् । बंगालको खाडीमा विकसित मोन्था चक्रवातको आंशिक प्रभाव नेपालमा पनि पर्दा नेपालको मध्य भागदेखि पूर्वी भागसम्म वर्षा भएको छ । उच्च पहाडी तथा हिमाली भेगमा भने हिमपात भएको छ ।