२०८२ पौष ९, बुधबार

लागुऔषध

वीरगन्जमा प्रहरीद्धारा लागुऔषध चरेस बरामद

प्रहरीले वीरगन्जबाट ठूलो परिमााणमा लागुऔषध चरेस बरामद गरेको छ ।
वीरगन्जमा प्रहरीद्धारा लागुऔषध चरेस बरामद

पुस ६, पर्सा /  प्रहरीले वीरगन्जबाट ठूलो परिमााणमा लागुऔषध चरेस बरामद गरेको छ । मकवानपुरबाट वीरगन्जतर्फ आउँदै गरेको ना ३ ख ५०९३ नम्बरको ट्रकलाई रोकी जाँच गर्दा उक्त ट्रकको क्याबिनको माथि फल्स बटन बनाई लुकाएर राखिएको २ क्विन्टल ४० किलो चरेस फेला परेको हो ।

पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकले विशेष सूचनाका आधारमा शनिबार राति साढे ७ बजे वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुर ढाँटस्थित सडक खण्डमा सवारीसाधन जाँच क्रममा चरेस बराम भएको बताए ।

ट्रक चालक मकवानपुर थाहा नगरपालिका–११ का २९ वर्षीय सरोज मोक्तान र उक्त ट्रकमा सवार सोही ठाउँका २१ वर्षीय नवराज लो पनि पक्राउ परेका छन् । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको पाठकले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस