
पुस ७,काठमाडौं / जिल्ला प्रहरी परिसर काठमाडौं घेराउ गर्न पुगेका ‘जेनजी’ प्रदर्शनकारीलाई ‘ब्यारिकेट’ लगाएर रोकिएको छ ।
आज केही जेनजीलाई नियन्त्रणमा लिएर परिसरमा लगिएपछि उनीहरूको रिहाइका निम्ति भन्दै भीड त्यसतर्फ जान खोजेको थियो । प्रहरीले ब्यारिकेट राखेर उनीहरूलाई माइतीघरबाट परिसरतर्फ अगाडि बढ्न दिएको छैन । परिसर माइतीघरबाट केही मिटरको दूरीमा रहेको छ ।
प्रदर्शनमा उत्रिएका २० भन्दा बढी जेनजीहरुलाई प्रहरीले नियन्त्रणमा लिई गाडीमा राखेर लिएर गएको थियो । प्रहरीले जेनजी अगुवा मिराज ढुंगानालाई पनि नियन्त्रणमा लिएको थियो । पछि उनलाई भने छाडिएको छ ।
अनुमतिविपरीत प्रदर्शनमा उत्रिएकाले हटाउन खोजिएको प्रहरीले जनाएको छ । मिराजलगायत जेनजी सर्वपक्षीय सरकारसहितका माग राखेर आन्दोलनको घोषणा गर्दै सडकमा उत्रिएका हुन्