२०८२ पौष २३, बुधबार

प्रचण्ड

भारत पुगेका प्रचण्डको भनाई अन्तरिम सरकार बनाउन ओली कै सिफारिस

पुष्पकम दाहाल प्रचण्डले दिल्लीमा एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा ओलीकै सिफारिसमा जेनजी आन्दोलनपछि अन्तरिम सरकार बनेको दाबी गरेका छन् ।
भारत पुगेका प्रचण्डको भनाई अन्तरिम सरकार बनाउन ओली कै सिफारिस

पुस २१,काठमाडौं /  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकम दाहाल प्रचण्डले दिल्लीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै सिफारिसमा जेनजी आन्दोलनपछि अन्तरिम सरकार बनेको दाबी गरेका छन् । प्रचण्ड यही कार्यक्रममा सहभागी हुन भन्दै हिजो (आइतबार) भारत गएका थिए ।

‘२६ गते राति म र कमरेड माधव कुमार नेपाल, हामी दुईजनालाई राष्ट्रपति निवासमा बोलाएपछि हामीले रातभर धेरै मिहेनत गरेर यो संशयको वातावरणलाई निवारण गर्ने र देशलाई विस्तारै नर्मल सिच्युएसनतिर फर्काउन मिहेनत गर्‍यौं,’ सोमबार उक्त कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले भने, ‘अन्ततः अन्तरिम सरकार गठन गर्ने भयो । त्यतिबेला पनि कामचलाउ चाहीँ केपी ओली नै थिए, उनकै सिफारिसमा सुशीला कार्कीको नेतृत्वमा सरकार बनाउने समझदारी भयो ।’

त्यसपछि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा संसद् विघटन भएको प्रचण्डको भनाइ छ ।

‘तर संसद् विघटन गर्ने सहमति भएको थिएन । आ–आफ्ना सोच थिए । राष्ट्रपतिले परिस्थितिलाई हेरेर सुशीला कार्कीको सरकारको सिफारिसमा संसद् विघटन गरेर चुनावको मिति घोषणा गर्ने काम भयो,’ प्रचण्डले भने ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस