२०८२ मंसिर २४, मंगलबार

दुर्गा प्रसाईंमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने तयारी

दुर्गा प्रसाईंमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने तयारी

२ मंसिर, काठमाडौं /  ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का संयोजक दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने तयारी प्रहरीले गरेको छ ।

सोमबार राति भक्तपुरस्थित आफ्नै निवासबाट प्रसाईं मध्यराति पक्राउ परेका हुन् । प्रसाईंविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलाउने तयारीअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले डकुमेन्टेशनको काम सुरु गरेको छ ।

प्रसाईंले बोलेका अभिव्यक्तिले सार्वजनिक शान्ति भंग गर्ने किसिमको रहेकाले सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद थप गर्ने प्रक्रिया अघि बढाइएको परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

‘अभिव्यक्ति स्वतन्त्रताको नाममा उहाँले दिनु भएका अभिव्यक्तिले सार्वजनिक शान्तिमा खलल पुग्ने देखिन्छ’ एसपी भट्टराईले  भने, ‘जसअनुसार सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गछौं ।’

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस