
मंसिर २५ , काठमाडौं / नेपाली कांग्रेस डडेल्धुराले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सभापति शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ।
सभापति देउवा २०४८ सालदेखि डडेल्धुराबाट लगातार निर्वाचन जित्दै आएका छन्। सात पटक डडेल्धुराबाट चुनाव जितेका देउवा आठौं पटक उम्मेदवार हुन लागेका हुन्।
जेनजी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परी घाइते भएका देउवाले केही दिनअघि मात्रै अन्तिम पटक निर्वाचन लड्ने इच्छा देखाएका थिए ।