
फागुन १, काठमाडौं/प्रधानमन्त्री सुशीला कार्कीले बंगलादेशमा १२ फेब्रुअरी २०२६ मा सम्पन्न १३औं संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा बंगलादेश सरकार र त्यहाँका जनतालाई हार्दिक बधाई ज्ञापन गरेकी छिन् । सामाजिक सन्जालमार्फत कार्कीले बंगलादेश नेसनल पार्टी (बीएनपी ) लाई उल्लेखनीय विजय दिलाएकोमा पार्टी प्रमुख तारिक रहमानलाई विशेष बधाई दिएकी हुन् ।कार्कीले आफ्नो सन्देशमा द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्न बंगलादेशको नयाँ नेतृत्वसँग मिलेर काम गर्न इच्छुक रहेको बताएकी छिन् ।