
माघ २९, काठमाडौं/फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको तयारी र हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री सुशीला कार्की सोलुखम्बु पुगेकी छन् । प्रधानमन्त्री कार्कीलाई प्रमुख जिल्ला अधिकारी र सुरक्षा अंगका जिल्ला प्रमुखहरुले स्वागत गर्दै जिल्लाको अवस्थाबारे जानकारी गराएका छन् । प्रेस सल्लाहकार रावलका अनुसार अहिलेसम्मको अवस्था हेर्दा फागुन २१ गतेको निर्वाचन गराउन समस्या नहुने ब्रिफिङ जिल्लाका अधिकारीहरुले गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार रावलका अनुसार आज र भोलि पूर्वी क्षेत्रका हिमाली जिल्लाको अवस्था बुझेर पश्चिम जाने योजना रहेको छ।