२०८३ बैशाख ७, सोमबार

प्रधानमन्त्री

महावीर पुनले रिसाएर मन्त्री पद छाडेको प्रधानमन्त्रीको भनाई

प्रधानमन्त्री सुशीला कार्कीले विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन रिसाएर हिंडेको जानकारी गराएकी छिन् ।
महावीर पुनले रिसाएर मन्त्री पद छाडेको प्रधानमन्त्रीको भनाई

माघ १९, काठमाडौं / प्रधानमन्त्री सुशीला कार्कीले विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन रिसाएर हिंडेको जानकारी गराएकी छिन् । सोमबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने क्रममा पुनले केही कानुन बनाउन भनेको र ती कानुन बनाउने कुरामा सहयोग गर्न नसक्दा पुन रिसाएर हिंडेको बताइन् ।

‘जहाँसम्म पुनजी (महाविर पुन) को कुरा छ, उहाँ त रिसाएरै जानुभएको हो । दुई चार कानुन बनाउन भन्नुभएको थियो । ती कानुन राम्रै थियो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘तर हामीले छोटो समयमा कानुन बनाएर सहयोग गर्न सकेनौं । अनेक परिस्थिति हुन्छ । सबै कुरा हुँदैन ।’

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस