२४ असार काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली नदीमा आएको बाढीबाट जोगिन आसापासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले जल तथा मौसम विज्ञान विभागको सूचनालाई ध्यान दिएर आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले विपत व्ययवश्थापन कार्यलयले दिएका सम्पर्क नम्बरहरु,सुरक्षा निकाय तथा सुरक्षाकर्मीको सम्पर्कमा रहन सबैलाई अनुरोध पनि गर्नुभएको छ । प्रधानमन्त्री लेख्नुहुन्छ ‘सुरक्षित होउँ,अरुलाई पनि सुरक्षित राखौं ।’
गएराती आएको बाढीले रसुवामा ठुलो क्षति गरेको छ । केही मानिसहरु बाढीमा बगेको अनुमान गरिएको छ । बाढीमा फसेकाहरुको उद्धारका लागि सरकारले हेलिकप्टर परिचालन गरेको छ ।