२०८२ आश्विन ३०, बिहिबार

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन् ।
नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

५ असोज, काभ्रेपलाञ्चोक / नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन् । काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५–३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी दिए ।

सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए । उनी जवरजस्ती करणीमा जेल परेका थिए । इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थलमा पुग्दै गरेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस