
माघ २२, काठमाडौँ / नेकपाका संयोजक पुष्पकमल दाहालले अब कुनै दलसँग चुनावी तालमेल नहुने बताएका छन् । दाहालले नेकपा, एमाले र अन्य दलसँग तालमेल नहुने भन्दै १६४ निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई व्यापक बनाउन निर्देशन दिएका हुन् । सबै जिल्लाका निर्वाचन परिचालयन समितिलाई एमाले र नेकपाबीच तालमेलको चर्चा चलेपछि दाहालले भर्चुअल सम्बोधन गर्दै आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरे ।
‘हामीले १६४ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएका छौं । कसैसँग तालमेल हुँदैन । जनताबाट अस्विकृत भएका र जेलेन्सकी प्रवृत्तिसँग तालमेल गरिदैन’ उनले भने, ‘सबै निर्वाचन क्षेत्रबाट उत्साहजनक रिपोर्ट आएको छ । हामीले पहिलो पार्टी हुने सम्भावना देखेको छौं ।’