२०८२ श्रावण १८, शनिबार

औषधिजन्य वृक्ष रोपेर मनाइयो पुष्पलाल स्मृति

औषधिजन्य वृक्ष रोपेर मनाइयो पुष्पलाल स्मृति

७ साउन, उदयपुर / नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवस बुधबार देश भर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । उदयपुरमा भने एमाले उदयपुरको समन्वय तथा त्रियुगा नगरपालिका वडा नम्बर ६ वडा कमिटिको आयोजनामा औषधिजन्य वृक्ष रोपेर पुष्पलाल स्मृति मनाइएको छ ।

नेकपा एमाले उदयपुरका अध्यक्ष भागवत राउतका अनुसार स्थानीय लालपता सामुदायिक बन उपभोक्ता समूहको सहयोग र डिभिजन बन कार्यालय गाईघाटको बिरुवा सहयोगमा लालपत्ता सामुदायिक बनको चुरे क्षेत्रमा पोखरी रहेको वनभोज स्थल निर्माणाधिन खोलाको छेउमा विरुवा रोपेर पुष्पलाललाई स्मरण गरिएको हो । डिभिजन बन कार्यालयको नर्सरीमा उपलब्ध नभयका केही बिरुवाहरु भने नीजि नर्सरीबाट खरिद गरेर रोपिएको थियो ।

अध्यक्ष राउतका अनुसार हर्रो, वर्रो, अमला, धुपी, अशोक,नीम, समि, कपुर जातका २ सय विरुवा रोपेर पुष्पलालको ४७ औँ स्मृति दिवस मनाइएको हो । उदयपुरमा एमाले नगर तथा पालिका कमिटिहरुले समेत आ–आफ्ना पालिकाहरुमा पुष्पलालको स्मृतिमा साँझ दिप प्रज्वलन गरेर दिवस मनाउने तयारी गरेका छन् ।

कम्युनिष्ट पार्टीहरुले साउन ७ गते देशभरि नै नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस मनाउँदै आएका छन् । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालले नै कार्लमार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ (कम्युनिस्ट पार्टीको घोषणापत्र, सन् १८४८)को पहिलोपटक नेपाली भाषामा अनुवाद गरेका थिए ।

पुष्पलालकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको हो । पुष्पलाल नेकपाका संस्थापक महासचिव थिए । उनको २०३५ स

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस