२०८२ अषाढ ६, शुक्रबार

रवि लामिछानेले मागे कारागारबाट सरुवा

थुानामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कारागार सरुवा गर्न माग गरेका छन् ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ २१, मंगलबार
रवि लामिछानेले मागे कारागारबाट सरुवा

२० जेठ काठमाडौँ सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुानामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कारागार सरुवा गर्न माग गरेका छन् ।

जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएर सरुवा माग गरेपछि अदालतले आवश्यक प्रक्रिया मिलाइदिन भनि कारागार प्रशासनलाई लेखि पठाएको थियो ।

लामिछानेले काठमाडौँको डिल्लीबजार कारागार सरुवा माग गरेका छन् । त्यसै अनुसार रुपन्देही कारागार प्रशासनले कारागार व्यवस्थापन विभागमा पत्र पठाइसकेको छ । तर कारागार व्यवस्थापन विभागबाट निर्णय भएर आउन बाँकी रहेको रुपन्देही कारागारका जेलर सुरेश भण्डारीले जानकारी दिए ।

उनका अनुसार विभागबाट निर्णय भएर आए लगतै लामिछानेलाई सरुवा गरिने छ । सुप्रिम सहकारी ठगीको अभियोगमा जिल्ला अदालत रुपन्देहीले सुरुमा एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस