
माघ २०, काठमाडौं /जेनजी आन्दोलनमा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण यसै वर्षभित्र सुरु हुने भएको छ । सहरी विकास मन्त्रालयले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको यसै वर्षभित्र पुनर्निर्माण सुरु गर्नेगरी पहिलो चरणमा अर्थमन्त्रालयसँग ५७ करोड मागेको छ । पहिलो चरणमा माग गरिएको रकम सहरी विकास तथा भवन निर्माण विभागले हेर्ने संरचनाका लागि भएको मन्त्रालयस्रोतले जनाएको छ । सो रकम संघीय सरकारका भीभीआइपी संरचनाका लागि नभई जुन संरचनाको क्षतिपूर्ण विवरण आएको छ, ती संरचनाका लागि मात्रै अहिलेको प्रस्ताव आएको जनाएको छ ।