
पुस २२, वीरगञ्ज / वीरगञ्ज महानगरपालिकामा दुइ समुदायबिचको उत्पन्न विवाद सुल्झिएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार बसेको सर्वपक्षीय बैठकले आपसी सम्झदारी गर्दै उत्पन्न विवाद सुल्झाउने निर्णय गरेको हो ।
सोमबार हिन्दुवादी सङ्गठनहरुले आफ्नो धर्मका देवी देउतामाथि अभद्र टिप्पणी गरिएको भन्दै प्रदर्शन गर्न थालेपछि बिग्रिँदै गएको वीरगन्जको अवस्था सम्पन्न सर्वपक्षीय बैठकले पाँच बुँदे निर्णय गर्दै वीरगञ्जको विवाद समाधान गर्ने सहमति गरेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए ।
सोमबार हिन्दुवादी सङ्गठनहरुले आफ्नो धर्मका देवी देउतामाथि अभद्र टिप्पणी गरिएको भन्दै प्रदर्शन गर्न थालेपछि वीरगन्जको अवस्था बिग्रिँदै गएको थियो ।
प्रशासनले लगाएको गरेको कर्फ्यु आदेश आज साँझ ६ बजेसम्म जारी छ ।