२०८२ श्रावण १६, बिहिबार

राष्ट्रको प्रमुख भइसकेकाले राजनीतिमा फर्किने विषय कल्पना बाहिरको कुरा  : एमाले महासचिव पोखरेल

राष्ट्रको प्रमुख भइसकेकाले राजनीतिमा फर्किने विषय कल्पना बाहिरको कुरा  : एमाले महासचिव पोखरेल

१४ साउन काठमाण्डौं / दुई पटक राष्ट्रको प्रमुख भएको व्यक्ति राजनीतिमा फर्किने इच्छा राख्नुहोला भन्ने कल्पनै गर्न नसकिने नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बताउनु भएको छ ।

बुधबार जिफन्टको १२ औं प्रतिनिधि परिषद् बैठकमा महासचिव पोखरेलले नेपालको राजनीति र ट्रेड युनियन आन्दोलन विषयमा एकघण्टा लामो प्रशिक्षणका क्रममा वहाँले यस्तो कुरा बताउनु भएको हो ।

राष्ट्रपति बनाउने समयमै उमेर र क्रियाशीलका हिसावले विद्यादेवी भण्डारी उपयुक्त नहुने आफुले कुरा राखेको पनि महासचिव पोखरेलले बताउनुभएको छ । विद्या भण्डारीको निवासमै गएर आफुले तपाईले इच्छा नगर्दा राम्रो हुने सल्लाह समेत दिएको तर पार्टीले निर्णय गरेपछि सबैले सर्वसम्मत राष्ट्रपति बनाएको महासंचिव पोखरेलले बताउनुभएको छ ।
विरोधका बावजुद पार्टीले निर्णय गर्यो र दुइ कार्यकाल राष्ट्रपतिको कार्यकाल पुरा गर्नुभएपछि अब वहाँ राजनीतिमा फर्किनुहोला भन्ने लागेकै थिएन । तर वहाँमा त्यो धैर्यता देखिएन ।

पोखरेलका अनुसार पार्टीको नवौं केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार वहाँ (विद्या) सम्मानित भएर बस्नुपर्छ भन्ने छ । पार्टीको दृष्टिकोण त्यही हो वहाँले पार्टीको नीति र निर्णलाई मनन गर्नुहुनेछ । पार्टी पद्धतीको पालना गर्नुहुनेछ ।

पार्टी नेतृत्वमा दुई कार्यकालको विषय पार्टीको प्रतिष्ठालाई कमजोर बनाउनेगरी अनावश्यक, भ्रमपूर्ण र तथ्यहिन भएको वहाँले बताउनुभयो । त्यस्तै ७० वर्ष उमेरको हद लोकतान्त्रिक मूलयमान्ताको विषेशता विपरित नभएको वहाँले बताउनुभयो । कस्तो पार्टी हुने भन्ने मदन भण्डारीको विचारलाई स्मरण गर्नुहुँदै नेतृत्व रहस्यमय र अलौकि पात्र जस्तो हुनुहुँदैन जनताबाट अनुमोदित हुनुपर्छ भन्नुभयो ।

पहलकदमी, प्रतिष्पर्धाको नीतिलाई हामी अवलम्बन गरेकाछौं, पार्टीको लोकतान्त्रिकरणको मुल थ्रस्टबाट पार्टी तलमाथि भएको छैन वहाँले भन्नुभयो । महाधिवेशनमा उमेद्वार बन्ने सबैको अधिकार सुक्षित छ तर जनमतबाट नेतृत्व छान्ने अधिकार प्रतिनिधिहरुमा हुन्छ वहाँले भन्नुभयो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस