१२ मङ्सिर काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासमा भएको मुद्दाको सुनुवाइ आज पनि नसकिएकाले १५ गतेको लागि हेर्दाहेर्दैमा अर्को पेसी तोकिएको हो ।
मधेस प्रदेशको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले मुख्यमन्त्री यादवको नियुक्ति गैरकानुनी भएको दाबीसहित अदालतमा रिट दर्ता गरेका थिए ।