२०८२ अषाढ ६, शुक्रबार

सप्तरीको नेपाल बैंकमा चोरी, निदाएका सुरक्षा गार्डको हतियार पनि चोरले लगे

सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरमा रहेको नेपाल बैंकमा चोरी भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १०, शुक्रबार
सप्तरीको नेपाल बैंकमा चोरी, निदाएका सुरक्षा गार्डको हतियार पनि चोरले लगे

९ जेठ काठमाडौँ / सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरमा रहेको नेपाल बैंकमा चोरी भएको छ ।  गएराति १२ः२० बजेदेखि बिहान ३ बजेको बिचमा चोरी भएको सप्तरी प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्र कुमार बस्नेतले बताए ।

बैंकका सुरक्षा गार्ड शम्भुनाथ नगरपालिका ७ भगाहाका ३९ वर्षीय प्रमोद चौधरी र कन्चनरुप नगरपालिका ५ का ४४ वर्षीय पर्शुराम चौधरी सोही बैंकको गार्ड सुत्ने कोठामा सुति रहेको बेला चोरी भएको बस्नेतले जानकारी दिएका छन् ।

गार्डकै कोठाको दराजमा रहेको एक नाले १२ बोरको बन्दुक, यसको २० राउण्ड गोलि, २ वटामोवाइल र डिजिटल तराजु र एउटा झोला समेत चोरी भएको छ । पछि थाहा पाएर सुरक्षा गार्डले नै साढे ३ बजे इलाका प्रहरी कार्यालयमा जानकारी गराएका थिए ।

इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली तत्काल खटिएको थियो । यस्तै प्रहरी सञ्चार सेटबाट चोरी भएका घटना विवरणका टिपोर्ट जिल्ला प्रहरी कार्यालय सप्तरी, सिराहा लगायतका जिल्लामा पनि सर्कुलर गरिएको थियो ।

चोरीमा संलग्न व्यक्तिको सीसीटीभी फुटेज पनि प्रहरीले पठाएको थियो । चोरीमा संलग्न रहेको आशंकामा सिरहाको लहान नगरपालिका ३ हस्पिटल चोक नजिकबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

३ः४५ बजे इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा खडक नगरपालिका ६ बिरपुर बस्ने २० वर्षका अपसाद अंसारीलाई पक्राउ गरेको थियो । उनको साथबाट प्रहरीले विभिन्न सामान पनि बरामद गरेको बस्नेतले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस