
२६ मंसिर, जनकपुरधाम / मधेश प्रदेशमा सरकार विस्तारबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ । सत्ता गठबन्धनको बैठक शुक्रबार बिहान ११ बजे मन्त्रालय भागबण्डा, सभामुख नियुक्ति लगायत प्रस्तावमा छलफल गर्ने तयारी स्वरूप बैठक बोलाएको थियो ।
तर जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव बाहिर रहेका कारण बैठकले ठोस निर्णय नगरेको र बैठकमा सरकारमा सहभागिता र भागबण्डाबारे समान्य छलफल मात्र भएको तर सत्ता गठबन्धनबीच मन्त्रालय भागबण्डा नमिल्दा दुई मन्त्रीको जिम्मेवारी भने अहिलेसम्म पनि तोकिएको छैन ।