२०८२ अषाढ १७, मंगलबार

रूसले युक्रेनमाथि गर्‍यो ४० मिसाइल र ४०० भन्दा बढी ड्रोन हमला

रूसले युक्रेनमाथि ४० वटा मिसाइल र ४०० वटाभन्दा बढी ड्रोन हमला गरेको छ ।
रूसले युक्रेनमाथि गर्‍यो ४० मिसाइल र ४०० भन्दा बढी ड्रोन हमला

२३ जेठ काठमाडौँ / रूसले युक्रेनमाथि ४० वटा मिसाइल र ४०० वटाभन्दा बढी ड्रोन हमला गरेको छ । शुक्रबार रूसले गरेको यो हमलाले कम्तीमा चार जना मारिएको अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ ।

रूसको आक्रमणबाट कयौं मानिसहरू घाइते समेत छन् । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रूसले युक्रेनका अधिकांश ठाउँमा ४०० भन्दा बढी ड्रोन र ४० वटाभन्दा बढी मिसाइल प्रहार गरेको बताएका छन् ।

३० वटा मिसाइल र २०० वटा ड्रोन आक्रमणको प्रतिवाद समेत गरेको बिबिसीले जनाएको छ । यो आक्रमणपछि जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेख्‍दै रूस कहिल्यै नबदलिने पनि उल्लेख गरे । आक्रमणबाट सहरका भवन र मेट्रो ट्र्याकहरू पनि भत्किएका छन् ।

यसअघि युक्रेनले पनि आइतबार ठूलो संख्यामा ड्रोनहरू प्रयोग गरी रूसमाथि हमला गरेको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस