
पुस ३०, धरान / प्रधानमन्त्री बन्ने घोषणा सहित श्रम संस्कृति पार्टी खोलेका हर्क साम्पाङले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावका लागि धमाधम टिकट वितरण गरिरहेका छन् । धरानका मेयर साम्पाङले टिकट लिन उम्मेदवारहरूलाई धरानमै बोलाइरहेका छन् । धरानमा रहेको सम्पर्क सचिवालयबाट उनले प्रत्यक्ष तर्फका उम्मेदवारहरूलाई टिकट दिएर जिल्ला–जिल्ला पठाइरहेका छन् ।
साम्पाङले टिकट दिएका उम्मेदवारहरू धनकुटाबाट सानबहादुर राई, काठमाडौं–१ बाट समीर तामाङ ,काठमाडौं–७ बाट मणिराम प्रधान, झापा–१ बाट केबलराम राई, झापा–२ बाट केशब भण्डारी, झापा–३ बाट दीपक तिम्सिना, झापा–४ बाट अमृता राई, रामेछामबाट ढालबहादुर मगर, ताप्लेजुङबाट सन्तोष राई, पाँचथरबाट ब्रबिम शेर्मा, संखुवासभाबाट उमा राई,उदयपुर–२ बाट बलराज राई, भोजपुरबाट ध्रुब राई, मोरङ–१ बाट शान्ति पाख्रिन, सोलुखम्बुबाट बियस राईलगायतका उम्मेदवारहरु रहेका छन् ।