२०८२ अषाढ ६, शुक्रबार

बैठक

सुरक्षा परिषद्को बैठक सिंहदरबारमा जारी

प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उपस्थितिमा सिंहदरबारमा बैठक जारी छ ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २४, बुधबार
सुरक्षा परिषद्को बैठक सिंहदरबारमा जारी

२४ वैशाख, काठमाडौं / सुरक्षा परिषद्को बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उपस्थितिमा सिंहदरबारमा बैठक जारी छ ।

बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल लगायतको उपस्थिति छ ।

भारत र पाकिस्तानबीच बढ्दै गएको युद्धका कारण नेपालमा पर्नसक्ने प्रभावबारे बैठकमा छलफल हुने बुझिएको छ ।

यसअघि गृह मन्त्रालयमा राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको थियो । उक्त बैठकले सीमा, विमानस्थल लगायतका क्षेत्रमा सुरक्षा निगरानी बढाउने निर्णय गरेको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस