२०८३ अषाढ ८, सोमबार

पूर्व राजा ज्ञानेन्द्र शाह

पूर्व राजाको स्वागतमा विमानस्थल वरिपरि सुरक्षा व्यवस्था कडा

पूर्व राजाको स्वागतमा विमानस्थल वरिपरि सुरक्षा व्यवस्था कडा बनाएको छ ।
पूर्व राजाको स्वागतमा विमानस्थल वरिपरि सुरक्षा व्यवस्था कडा

फागुन १, काठमाडौँ/पूर्व राजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौँ आउँने भएकाले स्वागत कार्यक्रममा उच्छृङ्खल गतिविधि हुनसक्ने आशङ्कामा स्थानीय प्रशासनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था कडा बनाएको छ । राज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला भएर भव्य स्वागत गर्न आव्हान गरेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेनगेटदेखि निर्मल निवास सम्म २० जना डीएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ । विमानस्थलभित्र निषेधाज्ञा लागु गरिएको हुनाले प्रवेशमा कडाइ गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । विमानस्थल क्षेत्रमा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरू पनि परिचालन गरिएको छ ।

यो पनि

ताजा अपडेट

३ हप्ता अघि

सुनको भाउ घट्यो

यो साताको प्रचलित

खोजी गर्नुहोस