२७ चैत काठमाडौं / काठमाडौं विश्वका प्रदूषित सरहको तेस्रो नम्बरमा परेका छ । पछिल्लो एक साता लगातार सर्वाधिक प्रदूषित रहेको काठमाडौं मंगलबार दोस्रो नम्बरमा सूचीकृत भएको थियो । बुधबार तेस्रो नम्बरमा छ ।
वायुको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरका अनुसार, बुधबार बिहान ११ : ३० बजे काठमाडौं विश्वका १२४ मध्ये खराब वायु भएका सहरको तेस्रो स्थानमा छ । उक्त समयमा काठमाडौंको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) १७४ छ ।
यो सूचीको पहिलो स्थानमा रहेको भारतको दिल्लीको एक्यूआई १७९ र दोस्रोमा रहेको पाकिस्तानको लाहोरको १७६ छ । यी बाहेक अन्य सहरको एक्यूआई १७० भन्दा कम छ ।
वातावरण विभागका अनुसार सो समयमा देशका सात स्थान अस्वस्थकर छन् । उपत्यकाका शंखपार्क, रत्नपार्क, भैँसेपाटी र खुमटार तथा उपत्यका बाहिर इलाम, भरतपुर र रारा अस्वस्थकर छन् । ती स्थानको एक्यूआई १५२ देखि १८९ सम्म मापन भएको विभागको तथ्यांक छ ।