५ जेठ काठमाडौँ/ विद्यालयको भवन निर्माणको लागि जग खन्ने क्रममा रोल्पामा सकेट बम फेला परेको छ ।
सोमबार दिउँसो त्रिवेणी गाउँपालिका वडा नम्बर २ दहवनस्थित भगवती माध्यमिक विद्यालयको भवन निर्माणका लागि जग खन्ने क्रममा सकेट बम फेला परेको हो ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विजय चापागाईंका अनुसार जग खन्दा सकेट बम फेला परेको भन्ने सूचनापछि प्रहरी घटनास्थल पुग्दैछ ।
साथै प्रहरीले सकेट बम फेला परेपछि नेपाली सेनासँग पनि समन्वय गरी डिस्पोजलका लागि आग्रह गरेको छ । त्यो सकेट बम युद्धकालमा राखेको हुन सक्ने अनुमान प्रहरीको छ ।