२४ असार काठमाडौं / वसुन्धारा एसईईपछि गुणस्तरीय शिक्षाका लागि शैक्षिक संस्था छान्नु विद्यार्थी र अभिभावकहरूका लागि ठुलो चुनौतीको विषय बन्ने गरेको छ । अभिभावक चाहना र विद्यार्थीको योग्यता र क्षमताको मूल्याङ्कन गरी अध्ययन अध्यापन गराउने संस्था नेपालमा सहजै प्राप्तहुने अवस्था छैन् । यस विषम परिस्थितिमा काठमाडौंको वसुन्धारामा अवस्थित साउथवेस्टन स्टेट कलेज एसईईपछिको शिक्षाका लागि एक आकर्षक र पूर्ण शैक्षिक गन्तव्यको रूपमा स्थापित भएको छ । व्यवस्थापन विज्ञ साथै शिक्षाविद्हरुको व्यवस्थापनमा स्थापित कलेजले आइ एस ओ क्यूएम एस प्राप्त गरेको कारण पनि यहाँको शैक्षिक गुणस्तरमा सङ्का गर्नु पर्ने देखिदैन ।
उच्चस्तरीय शिक्षाका लागि भौतारिन नपरोस् भन्ने उद्देश्य राखेको यो शैक्षिक संस्थालाई एक अब्बल संस्थाको रूपमा विकास गर्न कलेजको व्यवस्थापन टिम लागिपरेको छ । परम्परागत पठनपाठनभन्दा माथि उठेर विद्यार्थीको शैक्षिक, मनोवैज्ञानिक र व्यक्तिगत विकासलाई एकसाथ अघि बढाउने लक्ष्यका साथ सञ्चालनमा रहेको यस कलेजले अभिभावक र विद्यार्थीको मन जित्न सफल भएको छ । कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन सङ्कायमा पठनपाठन हुँदै आएको छ । यहाँका कक्षाकोठा पूर्ण डिजिटल र प्रविधिमैत्री छन्, जसले विद्यार्थीलाई बुझाउन र सिकाउन सहज बनाएको छ । शिक्षण सिकाइलाई प्रभावकारी बनाउन कलेजले कक्षाकोठाको वातावरणलाई नै डिजिटलाइज्ड फर्ममा रूपान्तरण गरेको छ ।
भौतिक पूर्वाधारको राम्रो विकास गरिएको कलेजमा विद्यार्थीहरूलाई बस्न र पढ्नका लागि एसी सहितको कक्षा कोठाको व्यवस्थापन गरिएको छ । विद्यार्थीहरूले पाठ्यक्रमले मागेकोभन्दा पनि बढी प्राक्टिकल गर्न पाएका छन् । कलेजमा त्यसका लागि कम्प्युटर ल्याब, साइन्स ९फिजिक्स, बायोलोजी, क्यामेस्ट्रिी० ल्याब, एचएम ल्याब, आइडिया ल्याब आदिको व्यवस्था गरिएको छ । यसका साथै विद्यार्थीहरुले गरेका पाठ्यक्रमभित्रका अभ्यास विद्यार्थीहरुकै बिचमा गृहकार्य क्रस चेकिङ गर्ने व्यवस्था पनि रहेको छ । जसले विद्यार्थीेले आप्mनो क्षमताका साथै साथीको सृजनात्मकता साथै रचनात्मक कार्यको मूल्याङ्कन गरी आफूले पनि जानकारी प्राप्त गर्ने भएकोले यस कार्यमा विद्यार्थीहरू उत्साहित भएको पाइएको छ ।
साउथवेस्टन स्टेट कलेजले विद्यार्थीको शैक्षिक नतिजासँगै उनीहरूको मनोवैज्ञानिक र सामाजिक विकासमा विशेष ध्यान दिएको छ । विद्यार्थीको सर्वाङ्गीण विकास नै कलेजको मुख्य लक्ष्य हो । कलेजले विद्यार्थीको साइको–सोसियल डेभलपमेन्ट र पर्सनालिटी डेभलपमेन्टमा केन्द्रित भएर ह्यापि माइण्डको मनोवैज्ञानिक परामर्शका कार्यक्रमहरु अन्तराष्ट्रिय ख्याति प्राप्त व्यक्ति र संस्थामार्फत सञ्चालन गर्दै आएको छ । विद्यार्थीहरुमा आउन सक्ने मनोवैज्ञानिक, सामाजिक र भावनात्मक समस्यालाई बुझेर उनीहरूलाई एक असल र सक्षम नागरिक बनाउन यस प्रकारका कार्यक्रमहरु प्रभावकारी भएको अभिभावक, विद्यार्थी साथै शिक्षकहरुको भनाई छ ।
विभिन्न तह र कार्यक्रममा विद्यार्थी भर्ना भएपछि विद्यार्थीहरूको सिकाई शैली, मनोवैज्ञानिक अवस्था र शैक्षिक क्षमताको परीक्षण गरी सोहीअनुसार पढाउने रणनीति कलेजले अपनाएको छ । कलेजले विद्यार्थीहरुको कक्षा ११ र १२ मा विज्ञहरुमार्फत अभिभावकका लागि अभिभावको भूमिका साथै सन्तानहरुप्रति अभिभावकको जिम्मेवारी बोध गराउने तालिम, शिक्षक र कर्मचारी तनाव व्यवस्थापन सम्वन्धी तालिम साथै विद्यार्थीका लागि अध्ययन बानी र करियर काउन्सिलिङ जस्ता कार्यक्रमहरू नियमित सञ्चालन गर्दै आएको छ ।
साउथवेस्टन स्टेट कलेजले विद्यार्थीको चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलापमा विशेष जोड दिएको छ । विज्ञान तथा आईटी प्रदर्शनी, खेलकुद प्रतियोगिताहरू, वतृत्वकला, विभिन्न विषयको ओलम्पियाड, मिनि संसदको प्रयोगात्मक कार्यक्रमहरूले प्रतिभा प्रस्फुटन, विद्यार्थीको नेतृत्व विकास र वैचारिक क्षमता विकासमा सघाउ पुर्याएको छ । विज्ञान प्रदर्शनी, वक्तृत्वकला, विषयगत हाजिरीजवाफ प्रतियोगिता, बायोलोजी बि कार्यक्रम, विषयगत पावरपोइन्ट प्रेजेन्टेसन, विभिन्न विषयहरुको ओलम्पियाडले विद्यार्थीहरुमा क्रिएटिभिटी बढाउने गरेको छ । विद्यार्थीहरूलाई कक्षा ११ बाटै प्रि–इन्जिनियरिङ, प्रि–मेडिकल, सिम्याट, कुम्याटका कक्षा सञ्चालन गर्नुका साथै प्रत्येक त्रैमासिक परीक्षामा उक्त विषयहरुको परीक्षाको व्यवस्था पनि कलेजले गरेको छ । यस किसिमको परीक्षाले विभिन्न विषय र कार्यक्रमहरुको प्रवेश परीक्षामा राम्रो नतिजा ल्याउन विद्यार्थीहरूमा आत्मविश्वास बढाएको छ ।
कलेजमा आउने सबै विद्यार्थीले कुनै न कुनै शीर्षकमा आफ्नो क्षमता अनुसारको छात्रवृत्ति पाउँने गरेका छन् । साउथवेस्टनमा अध्ययन गर्ने मनसायकासाथ कलेजको प्रवेश परीक्षा दिएका विद्यार्थीहरू शुल्क र आर्थिक अभावका कारण पढ्नबाट वञ्चित भएका छैनन् । कलेज न्यूनतम शुल्कमा उच्चतम भौतिक साथै शैक्षिक सुविधामा पढाउने अब्बल संस्थाको रुपमा स्थापित भएको छ ।