२०८२ पौष १७, बिहिबार

सुनसरी

सुनसरीमा गोलीको प्रहारले मृत्यु भएपछि उत्पन्न तनाव साम्य पार्न बार्ता सुरु

सशस्त्र प्रहरीको गोलीको प्रहार स्थानीय विजय शाहको मृत्यु भएपछि उत्पन्न तनाव साम्य पार्न बार्ता सुरु भएको छ।
सुनसरीमा गोलीको प्रहारले मृत्यु भएपछि उत्पन्न तनाव साम्य पार्न बार्ता सुरु

पुस १७, सुनसरी / सशस्त्र प्रहरीको गोलीको प्रहार स्थानीय विजय शाहको मृत्यु भएपछि उत्पन्न तनाव साम्य पार्न बार्ता सुरु भएको छ। गोली लागेर स्थानीयको मृत्यु भएपछि क्षेत्रको अवस्था अहिले पनि तनावग्रस्त छ।

समस्या समाधानको लागि वार्ता भइरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए। समस्या समाधानका लागि जिल्ला प्रशासन सुनसरीमा पीडित परिवार, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकाय बीच वार्ता भइरहेको हो । वार्तामा सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीका डिआइजी कुमार न्यौपाने आफै सहभागी भएका छन्।

डिआइजी न्यौपानेका अनुसार तस्करीमा संगलग्नहरुले सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेपछि जवाफी कारवाही गर्दा शाहको मृत्यु भएको हो ।
सशस्त्र प्रहरीले शाहको ’हत्या गरेको’ भन्दै आक्रोशित स्थानीय बासिन्दाले प्रदर्शन गरेपछि लौकही बजार तनावग्रस्त बनेको छ । पूर्वपश्चिम राजमार्गस्थित लौकही बजारमा मृतक साहको शव राखेर उनीहरुले यातायात ठप्प बनाएका छन् भने सशस्त्र प्रहरी बलको बिटमा आगजनी गरेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस