२०८२ अषाढ १७, मंगलबार

टेम्पोले ट्राफिक प्रहरीलाई ठक्कर दियो

काठमाडौंको थापाथली चोकमा ड्युटीमा खटिएका एक ट्राफिक प्रहरी जवानलाई टेम्पोले ठक्कर दिएको छ ।
टेम्पोले ट्राफिक प्रहरीलाई ठक्कर दियो

२९ जेठ काठमाडौं/  काठमाडौंको थापाथली चोकमा ड्युटीमा खटिएका एक ट्राफिक प्रहरी जवानलाई टेम्पोले ठक्कर दिएको छ ।

बिहीबार बिहान थापाथली चोकमा ड्युटीमा रहेकी ट्राफिक प्रहरी जवान वर्षा शाहलाई टेम्पोले ठक्कर दिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले जानकारी दिए ।

उनका अनुसार त्रिपुरेश्वरबाट ललितपुरतर्फ जाने क्रममा बा १ घ ४१८८ नम्बरको टेम्पोको ठक्करबाट घाइते भएकी प्रहरी जवान शाहलाई उपचारको लागि नर्भिक अस्पताल लगिएको छ । उनको अवस्था सामान्य छ ।

प्रहरीले टेम्पो र चालकलाई नियन्त्रणमा लिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस