२०८२ अषाढ १७, मंगलबार

थाहा नगरपालिकाका

थाहा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

‘गुणस्तरीय पूर्वाधार निर्माण, शासकीय व्यवस्था र सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रणमा जोड’
थाहा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

७ असार मकवानपुर / ‘गुणस्तरीय पूर्वाधार निर्माण, शासकीय व्यवस्था र सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रणमा जोड’ भन्ने नाराका साथ मकवानपुरकाे थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर बिष्टले शनिबार अठारौं नगर सभामा नगर विकासका लागि विभिन्न योजनासहित आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । थाहा नगरपालिकाको मुख्य कार्यालय ईन्द्रायणीचौर, मकवानपुको सभा हलमा आर्थिक वर्ष २०८२/८३का लागि ‘थाहा नगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८२’ पनि पेश गरिएको छ ।

drishtinepal
संविधान र संघीयताको प्रभावकारी कार्यान्वयनका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको प्रमुख विष्टले नगर सभामा बताए । विष्टले नीति तथा कार्यक्रम प्रस्तुत गर्र्दै विष्टले भने– ‘सार्वजनिक खर्चमा मितव्ययिता, पूँजिगत खर्च वृद्धि, गुणस्तरीय पूर्वाधार निर्माण, शासकिय व्यवस्था र सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रणमा जोड दिइनेछ ।’
‘उत्पादन र रोजगारी वृद्धि, आर्थिक सामाजिक विभेदको अन्त्य, गरिवी निवारण, समावेशी विकाश, आरोग्य थाहा नगर निर्माण, शान्ति प्रक्रियाको तार्किक निष्कर्ष प्रमुख नीतिगत प्राथमिकता हुनेछ’, विष्टले भने– ‘वार्षिक नीति, कार्यक्रम तथा बजेट यिनै प्राथमिकतामा परिलक्षित हुनेछन् ।’
नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा नेपाल सरकारले विश्व सामु सन् २०३० सम्ममा पुरा गर्ने गरी प्रतिवद्धता जाहेर गरेका १७ वटा दिगो विकासका लक्ष्यसँग सामञ्जस्य हुने गरि कार्यक्रमहरुको तर्जुमा गरिएको नगर प्रमुख विष्टले बताएका छन् ।

drishtinepal
नगरपालिकालाई आर्थिक सम्पन्न गराउनेप्रति केन्द्रित हुँदै अर्गानिक कृषि उत्पादनलाई प्रोत्साहन स्वरुप कृषि बस्तुको प्रमाणीकरण र ब्राण्डिङ्ग गरी बजारीकरण गर्न सहजिकरण गर्नेमा जोड दिइएको छ । त्यसका साथै फलफूल, तरकारी, मासु, अण्डा, दुध, किबी लगायतका खेतीलाई प्रोत्साहन गरी नगरलाई आत्मनिर्भर बनाउने नीति नगरपालिकाले लिएको छ ।

drishtinepal
त्यसैगरी खाद्य सुरक्षालाई ध्यानमा राखि धान र मकैको उत्पादन बढाउन हाइब्रिड धान र मकैको बीउमा ५० प्रतिशत अनुदानको व्यवस्था गरिने भनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । पशु विकासतर्फ दुहुना गाई, भैंसी र बाख्रा पकेट क्षेत्रको सम्भाव्यता अध्ययन गरी जिल्लाकै सबैभन्दा अग्लो ठाउँ सिमभञ्ज्याङमा च्याङग्रा/पाण्डा पालनको सम्भाव्यता बारे अध्ययन गरि च्यांङग्रा पालन शुरु गरिने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ ।
पर्यटन विकासतर्फ पालिकाको पर्यटन रणनीति गुरुयोजनाको समिक्षा गरि नयाँ रणनीतिहरु निर्माण गरि कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रमा उल्लेख गरिएको छ । त्यसैगरी प्राचीन साँस्कृतिक सम्पदाको संरक्षण गर्न सम्पदाहरुको ‘डिजीटाइज’का लागि पहल गरिनेछ भनि नीति तथा कार्यक्रमा उल्लेख छ ।
सहकारी मार्फत वित्तीय सेवाको पहुँच विस्तारका लागि वित्तीय साक्षरता, सहकारी सदस्य शिक्षा तथा सहकारीको संस्थागत विकासका लागि आवश्यक तालिमको व्यवस्था गरी सहकारीलाई मर्यादित बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

drishtinepal
उद्योग विकासका लागि नगरपालिकामा सबै खाले व्यवसाय नगरपालिका वा वडा कार्यालयमा अनिवार्य दर्ता गर्न आवश्यक व्यवस्था गरिने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ । त्यसैगरी एकल महिला, अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेको व्यवसाय दर्तामा २० प्रतिशतले छुट र महिला, दलित, सिमान्तकृत समुदायबाट सञ्चालित व्यवसाय दर्तामा १० प्रतिशतले छुट प्रदान गरिने भएको छ ।

श्रम तथा रोजगार सृजनाका लागि नगरपालिकाले नागरिक स्तरमा स्वरोजगार श्रृजनाका लागि गरिबी न्युनीकरण गर्न सरकार तथा नीजि क्षेत्रसँग साझेदारीमा सीप तथा उद्यमशिलता तालिम अभियान सञ्चालन गरिने भएको छ ।
सामाजिक विकासका लागि नगर क्षेत्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका मठ, मन्दिर, पोखरी, चैत्य, गुम्बाको अभिलेख राखी संरक्षणको व्यवस्था मिलाइनेछ । यस्ता महत्वका क्षेत्रमा पहिचान खुल्ने गरी संकेत चिन्ह राखिनेछ र साँस्कृतिक धार्मिक ट्रेल निर्माणका लागि प्रकृया अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नागरिको स्वास्थ्यलाई ध्यान दिंदै नसर्ने रोगको प्रकोप नियन्त्रण गर्न दीर्घरोगीहरुलाई घरघरमा औषधी पुर्‍याउने तथा स्वास्थ्य परिक्षणको व्यवस्थापन गर्ने र निःशुल्क आधारभूत स्वास्थ्य सेवामा आम नगरबासीको सुलभ र सरल पहुँचको व्यवस्थामा थप सुधार गर्न अत्यावश्यकीय औषधी तथा उपकरणको अभाव हुन नदिने व्यवस्था नगरपालिकाले मिलाउने घोषणा गरेको छ ।

drishtinepal
नगरपालिकाले शिक्षाको विकासतर्फ शिक्षा क्षेत्रलाइ सर्वसुलभ र गुणस्तरी शिक्षाको अवधारणा अघि बढाइने घोषणा गरेको छ । नगरपालिकाले विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा ‘ल्याउने, सिकाउने र टिकाउने’ कार्यलाई प्रोत्साहनमूलक कार्यक्रम सहित अभियान सञ्चालन गर्नेछ ।
जनताको प्रत्यक्ष मुख्य सरोकार रहेको खानेपानी तथा सरसफाई कार्यक्रमका लागि नगरपालिकाले गुणस्तरीय खानेपानी वितरणको अवधारणालाई अवलम्वन, सञ्चालित सबै आयोजनाहरुको खानेपानी परीक्षण र शुद्धीकरण अभियान सञ्चालन गर्ने भएको छ ।
नगरपालिकाले खानेपानीका लागि एक घर, एक धाराको संकल्पलाई पुरा गर्न पुरानै कार्यक्रमलाई निरन्तरता दिने भएको छ । त्यससँगै निर्माण सम्पन्न भएका आयोजनाहरुबाट २४ सै घण्टा खानेपानी आपूर्ति हुने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यसैगरी खेलकुद विकासतर्फ युवाको क्षमता विकास, युवा बहुप्रतिभाको पहिचान, युवा लक्षित जीवनोपयोगी, प्राविधिक र व्यावसायिक शिक्षा, युवामा सकारात्मक सोंचको विकास गराउनेमा नगपालिकाले ध्यान दिएको छ । स्वयंसेवी संस्कृतिको विकास र श्रमको सम्मान जस्ता क्रियाकलापहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आवद्ध गर्दै युवालाई आत्मनिर्भर, स्वाबलम्बी र चरित्रवान बनाउने नगरपालिकाले घोषणा गरेको छ । राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरको खेलाडी तयार गर्न खेलकुद विकासको लागि नगरस्तरीय खेलकुद परिषद् गठन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

drishtinepal
पूर्वाधार विकासतर्फ नगरपालिकाको गौरवको योजनाको रुपमा रहेको कुन्छाल–कुलेखानी सडक कालोपत्रे, थाहा बसपार्क, थाहा पार्कको संरचना आगामी आर्थिक वर्षमा संघीय सरकारको सहयोगमा पूरा गर्न पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यसैगरी भौतिक विकास अर्न्तगत थाहा नगरको थाहा शितभण्डार निर्माण यसै आर्थिक वर्षमा पुरा हुने भएको छ । नगरपालिकाको भौतिक एवंम् सामाजिक सेवालाई अपाङ्गमैत्री र बालमैत्री बनाउँदै लगिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नगरको विभिन्न स्थानमा चिल्ड्रेन पार्क, जेष्ठ नागरिक पार्क, पिकनिक स्पट, सुविधा सम्पन्न शौचालय, जनयुद्ध र जनआन्दोलनमा सहादत प्राप्त गर्ने स्थानीय शहिदहरुको शालिक तथा पार्क निर्माणमा जोड दिइने घोषणा गरिएको छ । त्यसैगरी ‘एक वडा, एक गौरव’को आयोजना सञ्चालन गर्न नगरस्तरीय र वडास्तरीय गौरवका योजनाहरु पहिचान गरी सोको ‘डीपिआर’ तयार गरी पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने नीति अवलम्बन गरिएको छ ।

drishtinepal
वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि सडक किनारा, सार्बजनिक जग्गा, नदी किनार, सरकारी कार्यालय तथा विद्यालय परिसरमा बृक्षारोपण गर्ने कार्यलाई निरन्तरता दिइने र वातावरण प्रतिकुल नहुने गरी नदीजन्य पदार्थ ढुंगा, गिटी, बालुवा, माटो संकलन र वितरण गर्न आवश्यक कानुनी व्यवस्था मिलाइने घोषणा गरिएको छ ।
नगरभित्रको जल, जमिन, वायु र ध्वनी प्रदुषण नियन्त्रण गरी स्वच्छ वातावरण प्रवद्र्धन गर्न आवश्यक कार्यक्रम सञ्चालन, वारुण यन्त्रका लागि पानीका श्रोतहरुको व्यवस्थापन, सम्भव भएसम्म एक वडा एक पोखरी निर्माण गरिने घोषणा गरिएको छ ।
सुशासन तथा संस्थागत विकासका लागि नगरपालिकाले नगरपालिकाको स्वीकृत दरबन्दी तेरिज बमोजिम जनशक्ति व्यवस्थापन गरी सेवाप्रवाहलाई प्रभावकारी कार्यान्वयन, सेवामा नागरिकको अधिकार स्थापित गर्न क्षतिपूर्तिसहितको नागरिक बडापत्र लागू गर्ने भएको छ । त्यसैगरी नागरिकको जनगुनासो सुन्नका लागि व्यवस्थित संयन्त्र, प्रवाह गरिने सेवालाई चुस्त दुरूस्त र जनमुखि बनाउने घोषणा गरिएको छ ।

drishtinepal
त्यसैगरी आयोजना तथा कार्यक्रमहरुको सार्वजनिक परीक्षण, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण जस्ता कार्यहरुबाट पारदर्शिता एंवम् स्थानीय सुशासन कायम गरिने प्रतिबद्धता नगरपालिकाले जनाएको छ । नीति तथा कार्यक्रममा भनिएको छ– ‘गुनासो सुन्ने र समाधान गर्ने परिपाटीको विकास गरिनेछ । सार्वजनिक खरिद प्रकृयालाई थप पारदर्शी र विश्वसनिय बनाउदै लगिनेछ । विकास कार्यहरुको व्यवस्थित अनुगमन प्रणाली स्थापना गरी कार्यान्वयन गरिनेछ ।’
वित्तीय व्यवस्थापनका लागि आन्तरिक लेखापरिक्षणबाट त्रैमासिक रुपमा प्राप्त प्रतिवेदनमा उल्लेखित बेरुजुलाई सम्बन्धित शाखा मार्फत समयमा नै फछ्र्यौटलाई कार्यसम्पादन मूल्यांङ्कनको सुचकको रुपमा समेत राखिने नीति लिइने घोषणा गरिएको छ ।
सार्वजनिक खर्चको विनियोजन दक्षता तथा कार्यान्वयन क्षमतामा सुधार गरिने, खर्चमा मितव्ययिता कायम गरिने, आर्थिक प्रशासनलाई थप पारदर्शी, नतिजामुखी र सूचना प्रविधिमा आधारित बनाइने घोषणा गरिएको छ ।

drishtinepal
सूचना प्रविधितर्फ वडाबाट हुने सबै प्रकारका सिफारिसहरुमा एकरुपता ल्याउन सिफारीस व्यवस्थापन प्रणाली विकास गरी लागू, सबै वडा कार्यालयहरुमा बडापत्रसहितको डिजीटल डिस्प्ले, नगरका सबै सूचना तथा जानकारीहरु एकै साथ सबै वडामा पुग्ने गरि सूचना प्रवाहको व्यवस्था मिलाइने घोषणा गरिएको छ ।
नगरपालिकाको मुख्य आयस्रोतका रुपमा रहेको राजश्व परिचालनका लागि राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाउने प्रतिबद्धता गरिएको छ । विद्यमान कर प्रणालीमा पुनरावलोकन, राजस्वको दायरा विस्तार, सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आबद्ध गराउने र कर प्रक्रियालाई सरलीकृत गर्दै सूचना प्रविधिको प्रयोग बढाई दक्ष र सुदृढ राजस्व प्रशासनको सुनिश्चितता गरिने घोषणा गरिएको छ ।

drishtinepal
कर तथा राजस्व संकलन गर्न नीजि क्षेत्रसँग सहकार्य गरी नगर प्रहरीको परिचालन, चालु आर्थिक वर्षको असोज मसान्तसम्म सम्पत्ती कर बुझाएमा लाग्ने दस्तुरमा १० प्रतिशत छुट प्रदान गरिने व्यवस्था मिलाइएको छ । एकीकृत सम्पत्ति कर, व्यवसाय कर, घर बहाल कर, कृषि उपज निकासी कर, दहत्तर बहत्तर तथा निकासी शुल्क लगाएतका करहरुको श्रोतलाई नगरको मुख्य आयश्रोतको रुपमा परिचालन गरिने भएको छ ।
नागरिकले तिर्नुपर्ने कर, राजश्व तथा महशुल अनलाइन माध्यमबाट घरबाटै तिर्न सकिने व्यवस्था मिलाइने, राजश्व भुक्तानीका लागि संघीय सरकारले जारी गरेको शुत्र प्रणालीलाई अबलम्वन गरिने घोषणा गरिएको छ ।

drishtinepal
पञ्जिकरण तथा सामाजिक सुरक्षातर्फ राष्ट्रिय परिचयपत्र, व्यक्तिगत घटना र सामाजिक सुरक्षा थप सुरक्षित गर्नको लागि आवश्यक संयन्त्र तयार गरिने, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ९० बर्ष माथी र क बर्गको अपाङ्गता भएका लाभग्राहिहरुलाई नगरपालिकाले खाता खोल्न, दर्ता गर्न र भुक्तानी लिनको लागि आवश्यक सहजिकरण गरिने भनि घोषणा गरिएको छ । राष्ट्रिय परिचयपत्र, व्यक्तिगत घटना र सामाजिक सुरक्षा थप सुरक्षित गर्नको लागि बायोमेट्रिक स्क्यानर डिभाइसबाट नागरिकको पहिचान गरिने भएको छ ।
न्यायिक निरुपणतर्फ मेलमिलापकर्ता र न्यायिक समितिको क्षमता अभिबृद्धिका लागि कानुनी शिक्षा, चौमासिक बैठक तथा आधारभूत तालिम अनुभव तथा असल अभ्यासको लागि अवलोकन भ्रमणको व्यवस्था गरिने भएको छ । बिभिन्न पालिकाहरुसँग अनुभव आदानप्रदान तथा भगिनी सम्बन्ध समेतको बिस्तारका लागि बागमती प्रदेशभरीको न्यायिक समितिको सम्मेलन गरिनेछ ।

drishtinepal
न्यायमा पहुँच, निःशुल्क कानूनी सहायता, विवाद समाधान, बैकल्पिक उपाय र मेलमिलाप गर्ने नीति अखित्यार गरी न्यायिक र अर्ध न्यायिक निकायले गरेको फैसला र मिलापत्रलाई कार्यान्वयनमा ल्याइने घोषणा गरिएको छ ।
गास, बास र कपास समेतको सुनिश्चतता नभै अन्यायमा परि न्यायिक समिति समक्ष न्याय माग्न आउने पिडीतहरुको लागि भरण पोषण कोषको स्थापना गरिने घोषणा गरिएको छ । नगरपालिकाको १२ वटै मेलमिलाप केन्द्रको सञ्चालनलाई निरन्तरता गरी स्तरउन्नति गरिने घोषणा गरिएको छ ।

 

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस