२०८२ पौष १७, बिहिबार

टायल्स उद्योग

टायल्स उद्योगमा मजदुर मृत्यु प्रकरणको छानबिन नभएसम्म शव नउठाउने अडान

पश्चिम नवलपरासीको बर्दघाटमा रहेको एक टायल्स उद्योगमा आज बिहान दुई जना मजदुर मृत फेला परेका थिए ।
टायल्स उद्योगमा मजदुर मृत्यु प्रकरणको छानबिन नभएसम्म शव नउठाउने अडान

पुस १७, परासी /  पश्चिम नवलपरासीको बर्दघाटमा रहेको एक टायल्स उद्योगमा आज बिहान दुई जना मजदुर मृत फेला परेका थिए । एक जना नेपाली र एक जना भारतीय मजदुर उद्योगमा मृत फेला परेका हुन् । प्रहरीका अनुसार मृत फेला पर्नेमा नवलपरासी बर्दघाट नगरपालिका–१३ धनेवाका ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्ला–६६ ग्रामपोस्टका ३० वर्षीय विनोद कुमार रहेका छन् ।

बुधबार राति ८ बजेदेखि बिहीबार बिहान ८ बजेसम्म ग्यास फायर डिउटीमा खटिएका उनीहरू मृत फेला परेको थियो । घटनाको विषयलाई लिएर अहिले जिल्ला प्रशासन कार्यालयसहित सरोकारवालहरूको छलफल भइरहेको छ । छलफल निष्कर्षमा नपुगेसम्म शव नउठाउने स्थानीय र आफन्तले अडान लिएका छन् ।

मृतकका आफन्तले भने घटनाबारे आफूहरूलाई समयमै खबर नगरिएको भन्दै उद्योग परिसर अगाडि विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरूले जोखिमपूर्ण काममा लगाएर ’ग्यासी फायरिङ’मा अक्सिजनको कमी भएर मृत्यु भएको भन्दै आवश्यक अनुसन्धान र दोषीलाई कारबाहीको माग गरेका छन् ।

बर्दघाट–१३ का वडाध्यक्ष नरबहादुर चौधरीले घटना के कसरी भयो भन्ने विषयमा अनुसन्धान हुनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने, मृतकका परिवारले उचित क्षतिपूर्ति र रोजगारी पाउनुपर्ने बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस