२०८२ कार्तिक १९, मंगलबार

भदौ २४ को घटना अनुसन्धान गर्न सर्वोच्च र काठमाडौँ जिल्ला अदालतले दिए प्रहरीमा जाहेरी

  • दृष्टि नेपाल
  • २०८२ कार्तिक १९, मंगलबार
भदौ २४ को घटना अनुसन्धान गर्न सर्वोच्च र काठमाडौँ जिल्ला अदालतले दिए प्रहरीमा जाहेरी

१८ कार्तिक काठमाडौँ / सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौँले गत भदौ २४ गते भएको आगजनीको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका छन् । जाहेरी दिए पनि कसैको नाम किटान गरिएको छैन ।

जाहेरी पाएसँगै जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान समेत सुरू गरिरहेको एसएसपी रमेश थापाले बताए । काठमाडौँ जिल्ला अदालतले भवन तथा अन्य सामान गरी अनुमानित क्षति बिगो ६२ करोड रुपैयाँ कायम गरी प्रहरीमा जाहेरी दिएको छ । भदौ २४ गतेको घटनामा सातवटा उच्च अदालतमा आगजनी तथा तोडफोड भएका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस