२०८२ आश्विन ३०, बिहिबार

खोप लगाउन छुटेकालाई आज पुनःसेवा दिदै

खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आज पुनः खोप लगाउने सेवा प्रदान गरिँदैछ ।
खोप लगाउन छुटेकालाई आज पुनःसेवा दिदै

३१ वैशाख काठमाडौँ / नियमित खोप कार्यक्रममा खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आज पुनः खोप लगाउने सेवा प्रदान गरिँदैछ ।

स्वास्थ्य सेवा विभागले नियमित खोप लगाउन छुटेका आफ्ना बालबालिकालाई आज स्वास्थ्य संस्थामा लगेर खोप लगाउन अनुरोध गरेको छ । बालबालिकालाई विद्यालय भर्ना हुन खोपकार्ड अनिवार्य गरिएको छ ।

यसैबीच, चितवन जनस्वास्थ्य कार्यालयले जिल्लाका अभिभावकहरुलाई सबै पालिकाबाट खोप लगाउने व्यवस्था गरिएकाले खोप लगाउन छुटेका आफ्ना बालबालिकालाई खोप सेवा लिन अनुरोध गरेको छ ।

जिल्लाका सातवटै पालिकाका सरकारी स्वास्थ्य संस्थाबाट खोप लगाइने छ ।

यो पनि

ताजा अपडेट

१० घण्टा अघि

सर्वदलीय बैठक सुरु

यो साताको प्रचलित

खोजी गर्नुहोस