२०८२ मंसिर २७, शुक्रबार

जिप दुर्घटना

जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु र आठ जना घाइते

आज जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु र आठ जना घाइते भएका छन्।
जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु र आठ जना घाइते

मंसिर २६, काठमाण्डौँ / पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा आज जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन्।

निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीको जानकारी अनुसार मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन। घाइतेको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको छ भने दुर्घटनाको कारण खुल्न सकेको छैन।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस