२०८२ पौष २८, सोमबार

जिप दुर्घटना

बैतडीमा बोलेरो जिप दुर्घटना हुदाँ घटनास्थलमै तीन जनाको मृत्यु

बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
बैतडीमा बोलेरो जिप दुर्घटना हुदाँ घटनास्थलमै तीन जनाको मृत्यु

पुस २८, धनगढी / बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पाटन नगरपालिका–८ साडीघाँटीस्थित जयपृथ्वी राजमार्गमा म १ ज २२४ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएकोे छ । मोतीनगरबाट डडेल्धुरा तर्फ जाँदै गरेको जिप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले बताएका हुन् ।

मृतकको सनाखत हुन नसकेको र दुर्घटनामा घाइते भएकाको संख्या पनि यकिन हुन बाँकी रहेको छ । घाइतेको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जनाएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस