२०८२ अषाढ २४, मंगलबार

दुई दलका शीर्ष नेताबिच बालुवाटारमा छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबिच आज छलफल भएको छ ।
दुई दलका शीर्ष नेताबिच बालुवाटारमा छलफल

२४ असार काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबिच आज छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा जारी बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी छन् ।

रसुवामा गएराति आएको बाढी र राहत तथा पुनस्थापनाबारे पनि बैठकमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओलीले स्पेन भ्रमणको विषयमा कांग्रेसका नेताहरूलाई जानकारी गराउने बुझिएको छ । सोमबार सकिएको कांग्रेसको केन्द्रीय समिति बैठकले वर्तमान गठबन्धन पुरा समयसम्म रहनेगरी सरकारको काम कारबाही थप प्रभावकारी बनाउन ९ बुँदे ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।

यस्तै संघीय निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ अफ पिरियड हेरफेर प्रकरणमा छानबिन समिति गठन, भिजिट भिसा प्रकरण लगायत विषयमा छलफल हुन सक्ने नेताहरूले जानकारी दिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस