२०८२ कार्तिक १, शुक्रबार

मुग्लिन–नागढुंगा सडकमा सवारी जाम

मुग्लिन–नागढुंगा सडक खण्डमा सवारीसाधनको लामो जाम लागेको छ ।
मुग्लिन–नागढुंगा सडकमा सवारी जाम

२१ असोज, काठमाडौं / मुग्लिन–नागढुंगा सडक खण्डमा सवारीसाधनको लामो जाम लागेको छ । फिस्लिङ नजिकै खसेको पहिरोका कारण सडकमा सवारीसाधनको लामो जाम लागेको हो ।

देशका विभिन्न स्थानबाट दशैं मनाएर काठमाडौं फर्किनेको चाप उच्च छ । सोही कारण मुग्लिन–नागढुंगा सडकमा सवारीसाधनको चाप पनि बढेको छ ।

फिस्लिङ नजिकै खसेको पहिरो केहीबेर अघि पन्छाएसँगै सडक एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । पहिरो हटाउने क्रम जारी रहेकोले सडक एकतर्फी सञ्चालन गरिएको र पूर्णरूपमा पहिरो पन्छाएपछि सडक दुईतर्फी नै सञ्चालन गरिने प्रहरीको भनाइ छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस