
पुस २१, वासिङ्टन डिसी / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजलाई आफ्नो निर्देशन पालना नगरे निकोलस मादुरोको जस्तै नियति भोग्नुपर्ने चेतावनी दिएका छन् ।
आइतबार एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भेनेजुएलाको भविष्य र त्यहाँको नेतृत्वका बारेमा कडा टिप्पणी गरेका हुन् । अन्तरिम राष्ट्रपति रोड्रिगेजको नेतृत्वका बारेमा सोधिएको प्रश्नमा ट्रम्पले आफ्नो टोली उनीसँग सम्पर्कमा रहेको जानकारी दिएका छन्। तर, उनले रोड्रिगेजले अमेरिकाको कुरा मान्नुपर्ने सर्त राख्दै अन्यथा पदच्युत मादुरोको जस्तै अवस्था आउन सक्ने धम्कीपूर्ण भाषा प्रयोग गरेका छन्।
उनले भेनेजुएलालाई ’मृत’ देशको संज्ञा दिँदै यसलाई पुनर्जीवित गर्ने जिम्मा अमेरिकाको भएको दाबी गरेका छन्।