
पुस २३, काठमाडौँ / राष्ट्रिय सभा सदस्यको उम्मेदवारी छनोट प्रक्रियामा कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले पार्टीभित्र उम्मेदवार छनोटमा असहमति जनाएका छन् ।
शर्माले कार्यसम्पादन समितिको बैठक बहिष्कार गरेका छन् । उनीले हिजोको बैठकलाई बहिष्कार गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई टेलिफोन गरेर बैठकमा सहभागी नहुने जानकारी गरेका हुन् । त्यस्तै अर्का महामन्त्री थापाले भने बैठकमा फरक मत राखेका हुन् ।
उनले उम्मेदवारी छनौट प्रक्रियाको निश्चित मापदण्ड पनि बनाउन नसक्ने र प्राचीन खालको ६०/४० को भागबण्डा गरेर उम्मेदवार छान्ने कामको साक्षी किनारा बन्न नसक्ने बतएका थिए ।