२०८२ श्रावण १७, शुक्रबार

भक्तपुरमा दुई बालिका झुन्डिएको अवस्थामा मृत फेला

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–८ बोडेमा दुई बालिका झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
भक्तपुरमा दुई बालिका झुन्डिएको अवस्थामा मृत फेला

८ साउन काठमाडौँ / भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–८ बोडेमा दुई बालिका झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । आज विहान ६ः४५ बजे बोडे सिन्टिटार स्थितमा इट्टा र फलामले बनेको २ तले घरको भुईँ तलामा डेरा गरी बस्ने जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका–८ घर भएकी १७ वर्षीय मेनुका कँडेल र उनकी बहिनी १५ वर्षीय सृजना कँडेल डेरामै मृत फेला परेका हुन् ।

उनीहरू प्यासेजमा रहेको फलामको डन्डीमा नाइलनको डोरी घाँटीमा पासो लगाई झुन्डी मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए । घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई थप अनुसन्धान कार्य भइरहेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस